नेपाली ठेट शब्दहरु
August 21st, 2010केही सांस्कृतिक चिन्हारी
सबै जातिको संस्कृति तथा जातीय पहिचानका आधार संस्कार, भाषा, पोसाक, वाद्ययन्त्र, हात-हतियार ,भाँडाकुँडा, गीत-नृत्य आदि सबै थोक पर्छन्। यहाँ केही विषयको परिचय दिइँदै छ।
१.१ भेष-भूषा
दौरा: चारतिर तुना बाँधेर पुरूषले शरीरको माथिल्लो भागमा लगाउने सांस्कृतिक पोषाक हो।
सुरुवाल: पुरुषको पोसाक हो। यसको आकार सुरिलो भएकाले सुरुवाल भनिएको हो। सुरुवालको आदि रूप कछाड थियो, त्यसपछि [...]

